पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिलविकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमन्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकाले त्यसको खारेजीका लागि रिट दर्ता गराएको प्रवक्ता भूवन पाठकले जानकारी दिए ।
पार्टीका नेतालाई अन्य प्रयोजनका लागि गराइएको हस्ताक्षर दुरुपयोग गरी आवश्यक दस्तखत पुर्याउन ती हस्ताक्षर देखाएर दल विभाजन गरिएको पार्टीले जनाएको छ ।
गत साउन २२ गते सोही पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दल विभाजनका लागि आवश्यक संख्या आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
निर्वाचन आयोगले सो निवेदन प्राप्त गरेपछि पुनः दस्तखतका लागि दुईपटक समय तोकेको भएपनि अदालतको आदेशका कारण राणा समूहको राप्रपा (प्रजातान्त्रिक) लाई दर्ता गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्