नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा आइतबार बेलुकी स्वदेश फर्किका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण समग्रमा सफल भएको जिकिर गरेका छन् ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण मुलुकका लागि निकै फलदायी भएको बताए ।
स्वदेश फर्कनुअगाडि प्रधानमन्त्री देउवाले आइतबार बिहार राज्यमा रहेको बोधगयामा पुगी विशेष पूजा तथा अवलोकन गरेका थिए ।
बोधगयामा प्रधानमन्त्रीले एक घन्टाभन्दा बढी समय बिताउँदै त्यसबारेमा जानकारी लिएका थिए ।
बोधगया मन्दिर र धार्मिकस्थलको अवलोकनपछि प्रधानमन्त्री देउवाले बुद्धको लोकप्रियता संसारभरि नै बढ्दै गएको बताए ।
यसअघि, शनिबार देउवाले भारतको आन्धप्रदेशमा रहेको तिरुपति मन्दिरको दर्शन गरेका थिए ।
शनिबारै प्रधानमन्त्री देउवाले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग भेट गरी भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेकोबारेमा कुरा गरेका थिए ।
पाँचदिने भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसँग द्विपक्षीय हितकाबारेमा छलफल गरेका थिए ।
दुई मुलुकबीच भएको ८ बुँदे सहमति र ४६ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।









प्रतिक्रिया दिनुहोस्