Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


अब पश्चिम नेपालको विकासको ढोका खुल्यो : प्रधानमन्त्री देउवा


0
Shares

महाकाली नदीमा निर्माण हुने पुलको शिलान्यास गर्न जाने क्रममा प्रधानमन्त्री देउवाले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब पश्चिम नेपालको विकासको ढोका खुलेको बताएका हुन् ।

उनले पुल निर्माण देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना सावित हुने दाबी गरे ।

भारतका औद्योगिक शहरसँग सिधा सम्पर्क कायम गर्न महाकाली नदीको पुल र सुख्खा वन्दरगाह कोषेढुंगा सावित हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनसँगै प्रादेशीक र संसदीय निर्वाचनमा सबैलाइ होमिनसमेत आह्वान गरे ।

उनले निर्वाचनले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको बाटोमा अघि बढेको बताए ।

Skip This