Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राज्यव्यवस्था समितिमा निर्वाचनसम्बन्धी कानूनबारे छलफल, आजै पारित गर्ने तयारी


0
Shares

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कानून नै नबनाउँदा आलोचना बढेकाले दुवै विधेयक द्रूत मार्ग विधिबाट पारित गराउने प्रयास गरिएको छ ।

शुक्रबार विधेयकमा दफावार छलफल गरी पारित गर्ने तयारी गरिएको छ । अधिकांश संशोधनकर्ताले आफ्ना धारणा सैद्धान्तिक छलफलमा राखिसकेकाले सामान्य छलफल गराइ पारित गर्ने तयारी गरिएको हो ।

समितिका सभापति दिलबहादुर घर्तीले विवादित केही विषय सुल्झाउन दलका नेताहरुसँग परामर्श पनि गरिसकेका छन् ।

भ्रष्टाचारमा सजाय भुक्तान गरेका व्यक्तिले उम्मेदवारी दिन पाउनुपर्ने व्यवस्थामा परेको संशोधन बढी विवादित बनेको हो ।

Skip This