Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


निर्वाचन आचारसंहिता व्यावहारिक छैन : उपप्रम गच्छदार


0
Shares

शनिबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले लगाएको आचारसंहितामा पुनःविचार जरुरी रहेको उल्लेख गरे ।

वर्षा र बाढीबाट मधेस तहस–नहस बनेकाले त्यस्ता स्थानमा सरकारी सहयोग जरुरी परेको तर आचारसंहिताले रोक्ने हुँदा त्यसमा पुनःविचार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले निर्वाचनका लागि नेपाली सेना आवागमन सहज बनाउने कार्यमा जुटेको जानकारी पनि दिए ।

घरवारविहीन भएका बाढीपीडितलाई पनि भूकम्पपीडितलाईझैं सरकारले विशेष सुविधासहितको प्याकेज ल्याउन लागेको उनले बताए ।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवका साथै सांसदहरुको पनि उपस्थिति थियो ।