प्रेस चौतारी चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले संसदको दुई दिन अघिको निर्णयलाई विदेशमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले नैतिकता भए राजीनामा दिनुपर्ने बताए ।
सरकारलाई अरुको झुम्का जोडेर बनाएको पुतलीको सज्ञा दिँदै ओलीले धेरै फूर्ति नगर्न आग्रह गरे । उनले २ महिनापछि एमाले सरकारमा जाने दावी गरे ।
नेता ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाए । राज्यशक्तीको दुरुपयोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको बताए ।
भ्रष्टाचारकोविरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाँउदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टचार नियन्त्रण सम्भव नरहेको बताए ।
उनले भने, “भ्रष्टचार रोक्ने राज्यले हो, नागरिकले होइन, एमाले सबै ठाउँमा लडेकाले एकै ठाँउमा केन्द्रित नभएजस्तो देखिएको हो ।”
ओलीले प्रदेश नम्वर २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी वन्ने दावी गरे । यसअघिका निर्वाचनले एमाले पहिलो पार्टी बन्छ, भन्नेकुरा भनिरहनु नपर्ने ओलीको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्