
चर्चित गायिका मेलिना राईको समुधर स्वरमा सजिएको गीतले रिलिज भए लगत्तै राम्रो चर्चा बटुलेको छ । हेमन्त ढुंगेलका शब्द शृजनामा तयार गीतमा अशोक थापाले संगीत भरेका हुन् ।
गीतको भिडियोमा अनिल र जेबिकाले जिवन्त अभिनय गरेका छन् । वैशाँलु उमेरमा प्रेममा परेको जोडीले मायालु शैलीमा ब्यक्त गरेको भावनालाई अनिल र जेबिकाले न्याय गर्न सफल देखिएका छन् ।
युवराज वाईवाले निर्देशन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोलाई उत्सव दाहालको छायांकन गरेका छन्।
यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ । ५ वटा गीत समावेश एल्बमका ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भएका छन् ।
जसको अडियो तथा बजार ब्यबस्थापन भाइब्स क्रियशिनले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्