Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संविधानमा रहेका त्रुटी सच्याउँदै अघि बढ्नुपर्नेमा नेताहरुको जोड


0
Shares

राजधानीमा आइतबार नयाँ शक्ति पार्टीले गरेको कार्यक्रममा सहभागी एमाले सचिव योगेश भट्टराईले समानुपातिक प्रणालीलाई तत्कालै हटाउन मुस्किल हुने भन्दै त्यसमा सुधार गरेर अघि बढ्नु पर्ने बताए । तर लक्षित वर्ग त्यसबाट लाभान्वित भए नभएको बारेमा भने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका अन्य सहभागीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबाट पनि धेरै विकृति हटाउन सकिने धारणा राखेका थिए ।