स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा हस्तक्षेप गरेको भन्दै उनकै पार्टीका असन्तुष्ट कार्यकर्ताले तोडफोड र आगजनीको प्रयास गरेका हुन् ।
फोरमका असन्तुष्ट कार्यकर्ताले यादवको घर–कम्पाउन्डभित्र पसेर कुर्सी तोडफोड गर्दै मूलगेटमा टायर बालेर विरोध गरेका थिए ।
सप्तरीको बेल्ही–चपेना गाउँपालिकाको प्रमुखमा आफूनिकटका चित्ररञ्जन यादवलाई टिकट दिलाउन लागेको आरोपमा असन्तुष्ट कार्यकर्ताले आक्रोश व्यक्त गरेका हुन् ।
अप्रिय घटना हुन नदिन यादवको निवासअगाडि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
फोरम उपाध्यक्ष यादवले बोदेवर्साइन नगरपालिकाको मेयरमा आफ्नै छोरा प्रबल दाबेदार हुँदाहुँदै पनि पार्टीको हितकै लागि अर्का उम्मेदवारलाई टिकट दिएको जिकिर गरिन् ।
टिकट वितरणमा आफूले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण यादवको छ ।
आफ्नो घरमा तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न उनले माग गरेकी छन् ।





प्रतिक्रिया दिनुहोस्