Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दुई छिमेकी भारत र चीनसँग समनिकटताको सम्बन्ध राख्नुपर्छ : नेपाल


0
Shares

अनेरास्ववियुले बिहीबार परिवर्तित ‘विश्व सन्दर्भमा नेपालको विदेश नीति र युवाको भूमिका’ विषयमा आयोजना गरेको कार्यशाला गोष्ठीमा उनले सन्तुलन राष्ट्रवादको अवधारणानुसार दुई छिमेकीसँगको सम्बन्ध समदूरी नभइ समनिकटताका आधारमा हुनुपर्नेमा जोड दिए ।

एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेपालले दुवै छिमेकीविरुद्ध नेपालको भू–भाग प्रयोग गर्न नदिइने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालले सबै देशसँग मित्रवत् सम्बन्ध राख्ने खोजेको उल्लेख गर्दै तर हाम्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप नसहने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले दुई छिमेकी देशसँग मिलेर आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिँदै नेपालको परराष्ट्र नीति कमजोर रहेकाले सुधार गरेर लैजानुपर्ने बताइन् ।

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले सबै दल मिलेर साझा परराष्ट्र नीति बनाउनुपर्ने बताउँदै स्वतन्त्र परराष्ट्र नीति संविधानले नै अंगालेकाले त्यसैअनुसार नेपालले आफ्नो परराष्ट्र नीति अन्य देशसँग अवलम्बन गर्नुपर्ने धारणा राखे । रासस