Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


माओवादी केन्द्रसँगको एकता असम्भव : अध्यक्ष वैद्य


0
Shares

नेकपा क्रान्तिकारी माओवादी कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष वैद्यले माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेससँग मिलेर एउटै पार्टी बनाउन लागेकाले अब सो पार्टीसँग एकता गर्नुको कुनै अर्थ नरहेको विचार व्यक्त गरे ।

उनले क्रान्तिकारी विचार भएका शक्तिहरुसँग एकता गरेर क्रान्तिलाई अझ नयाँ ढंगले अघि वढाउनेतिर आफनो पार्टी अग्रसर हुने बताए । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफनो पार्टीले भाग लिन सक्ने उनको भनाइ थियो ।

नेकपा क्रान्तिकारी माओवादीको आगामी असोज २१ देखि २५ गतेसम्म हुने राष्ट्रिय सम्मेलन पोखरामै गर्ने तैयारी भइरहेको पनि उनले बताए ।