एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गरे ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नम्बर प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उनको भनाइ छ ।
एमाले मधेसविरोधी होइन भन्दै उनले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताए ।
नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उनको भनाइ छ ।
एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । रासस





प्रतिक्रिया दिनुहोस्