Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पैसाका लागि राजनीति गरेको होइन : पौडेल


0
Shares

तनहुँको व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभइ समाजसेवाको भावनाले राजनीति गरेको स्पस्ट गरे ।

गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण क्षेत्रका बासिन्दामा राहत पुग्ने पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, कांग्रेस तनहुँका सचिव विश्व बास्तोलालगायतले स्थानीय सरकार बनेपछि विकासले काँचुली फेर्दै गएको बताए ।

रु ७० लाखको लागतमा सम्पन्न खानेपानी आयोजनावाट २०१ घर धुरी लाभान्वित हुने बताइएको छ । रासस