स्थानीय तहको निर्वाचनमा पहुँचवालाहरुलाई टिकट दिइएको भन्दै नेता पौडेलले अब हुने प्रदेश र संघको निर्वाचनमा त्यस्ता व्यक्तिहरुलाई पार्टीले स्थान दिन नहुने बताए ।
१०४औं बीपी जयन्तीको अवसरमा शनिबार तनहुँमा आयोजित कार्यक्रममा नेता पौडेलले बीपीको आदर्शलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।
विपन्न र निमुखालाई न्याय दिनुपर्ने बीपीको आदर्शलाई कांग्रेसले आफ्नो सिद्वान्त बनाउनुपर्ने जरुरी रहेको नेता पौडेलको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्