Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कांग्रेसलाई बहुमत दिलाएर बीपीको सपना पूरा गर्नेतर्फ अग्रसर हुनुपर्छ : शशांक


0
Shares

१०४औं बीपी जयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले बीपीले देखाएको बाटोमा हिँड्न सकेमात्रै देशको विकास हुनसक्ने बताएका छन् ।

उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर बीपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले १० वर्षसम्म बन्दुक देखाएर जनतालाई तर्साउँदै हिँडेको माओवादीलाई नमस्कार गर्दै मत माग्ने स्थितिमा पुर्‍याउन बीपीको विचारले काम गरेको बताए ।

सो अवसरमा महामन्त्री डा. कोइरालाले बीपीका उपन्यासमा विद्यावारिधि गर्ने सहप्राध्यपक डा. वासुदेव भण्डारी, बीपीको जीवनमा केन्द्रित रहेर महाकाव्य लेख्ने कृष्णदेवी शर्मा र बीपीका कार्यक्रममा आर्थिक सहयोग गर्ने बोधराज कार्कीलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।