प्रधानमन्त्री देउवाले आइतबार (आज) पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
आइतबार नियुक्त गरिएका मन्त्रीहरुमा दीपक बोहोरा–विज्ञान तथा प्रविधि मन्त्रालय, विक्रम पाण्डे–वन, मन्त्रालय सुनीलबहादुर थापा– उद्योग मन्त्रालय रहेका छन् ।
त्यस्तै, रेशम लामालाई उद्योग राज्यमन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।
यिनीहरुसँगै देउवा मन्त्रीमण्डल ५४ सदस्यीय भएको छ । देउवा मन्त्रीमण्डलले इतिहासकै सबैभन्दा जम्बो मन्त्रीमण्डलको रेकर्ड समेत राखेकोे छ ।
नव नियुक्त मन्त्रीहरुलाई सोमबार (भोलि) विहान राष्ट्रपति भवनमा सपथ गराइने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्