कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भएपनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारबाहीको माग गरेको छ ।
पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नम्बर–२ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नम्बर–११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोसिसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ ।
प्रदेश नम्बर–२ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
यसैबीच, सप्तकोसी नगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुख पदका आकांक्षी रहेका वडा नम्बर–२ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी बिहीबार एमालेमा प्रवेश गरेका छन् । रासस





प्रतिक्रिया दिनुहोस्