Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


अभिनेता सलमान खान ‘ग्लोबल डाइभर्सिटी अवार्ड’बाट सम्मानित


0
Shares

सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पु¥याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ ।

बेलायती संसदमा लामो समयदेखि सांसद रहेका भारतीय मुलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गर्दैे, ‘सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुन् । भारतीय सिनेमा जगतमा त उनी एक सफल व्यक्तित्व हुन् । यस बाहेक उनी एक प्रसिद्ध समाजसेवी पनि हुन् ।’

‘सलमान खानको एक गैरसरकारी संस्था ‘विइङ ह्युमन’ले गरीब भारतीय जनताको जीवन परिवर्तनमा उल्लेखनीय भूमिका रहेको छ । यो सम्मान उनलाई दिन पाउँदा म निकैै खुशी भएको छु’ वाजले भने ।

पुरस्कृत सलमानले आफूले शनिवार ग्रहण गरेको पुरस्कार सम्मानित पुरस्कार भएको जनाउँदै भने, ‘मेरा पिताजीले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाँउला भन्ने सोच्नु भएको थिएन तर, मैले यो सम्मान पाएको छु । म अत्यन्तै खुशी छु । मैले यस अवसरमा सवै प्रशंसकलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

यसअसघि यसे पुरस्कारबाट बलिउड अभिनेता अमिताभ वच्चन, ऐश्वर्या राय, चिनियाँ एक्सन आइकन जैकी चान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अमेरिकी मानव अधिकारकर्मी जैकी जेक्सन लगायत सम्मानित भैसकेका छन् । रासस/पीटीआई