१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेपाल–अफ्रिका फिल्म फेस्टिभल सुरु


0
Shares

रसियन कल्चर सेन्टरमा सुरु भएकोे फेस्टिभलमा अफ्रिकाका ८ ओटा र एउटा नेपाली फिल्म प्रदर्शन गरिने जनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष के.पी शर्मा ओलीले यस्तो कार्यक्रमहरु सन्चालन गर्दा दुई देशबीचको कला, संस्कृतीबारे थाहा पाउन सकिने बताए । यस्ता कार्यक्रमहरुले विभिन्न देशहरुसँगको सम्बन्ध झनै राम्रो हुँदै जानेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनीकेसन’ले सन् २०११ देखि फेस्टिभल आयोजना गर्दै आइरहेको छ । कार्यक्रमकी निर्देशक मञ्जु मिश्रले अफ्रिकी मुलुकहरु पनि लामो समय द्वन्दबाट गुज्रिएकाले केही हदसम्म कथावस्तु मिल्ने बताइन् ।