१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पहिलो पटक लोकदोहोरीमा देखिइन प्रियंका कार्की (भिडियो)


0
Shares

नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द/संगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन् ।

फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन् ।

पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन् ।

सार्वजनिक नसोध कसैले’ बोलको गीतले बाबु-बाजेको पुस्तालाई याद दिलाउँछ ।

आफ्ना बाबु-बाजेले नुन लिन बटौली (अहिलेको बुटवल) जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ  ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस