
यसैलाई मध्यनजर गर्दै शुक्रबार राति पोखरामा ‘जीवनशैली’ नामक फेसन शो गरिएको छ ।
सो फेसन शोमा एकपछि अर्को सिक्वेन्समा मोडल र्याम्पमा प्रस्तुत् भए । अधिकांश व्यावसायिक मोडल सहभागी फेसन शोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडल निकै आकर्षक र ‘हट’ देखिन्थे ।
पोखरामै पहिलोपटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो, आरएनआर ग्रुपले ।
राति करिब डेढ घन्टा चलेको उक्त फेसन शोमा पोखरास्थित आईएम द बुटिककी अर्चना अर्यालद्वारा डिजाइन गरिएको लेहेंगा र साडी, ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गरी दुई/दुई सिक्वेसमा मोडल उतारेका हुन् ।
आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यावसायिकरुपमा विकास गर्न मोडलिङका विभिन्न इभेन्ट गर्दै आएको बताइन् । कोरियोग्राफर रोजिन शाक्यले फेसन शो सन्चालन गरेका थिए ।
काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडल सो फेसन शोमा सहभागी थिए । तीमध्ये काठमाडौंका १५ र पोखराका ४ जना मोडल थिए ।
जसमा सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मालगायत र्याम्पमा उत्रिएका हुन् ।
पहिलो अडिसन राजधानीमा गरिएको थियो । अडिसनमा ५० जना व्यावसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा भएको अडिसनमा १५ जनाबाट ४ जना छानिएको निर्णायकमध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए ।
आरएनआर ग्रुपले राजधानीमा फेसन शोको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्