
नेपालभाषाका संगीत, चलचित्र र म्यूजिक भिडियो क्षेत्रका सर्जकहरुलाई प्रदान गरिँदै आएको ‘पेजथ्री पिपल्स च्वइस अवार्ड’को ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’बाट संगीतकर्मी विष्णु जल्मी सम्मानित भएका हुन् ।
त्यस्तै, भूकम्पबाट प्रभावितहरुको अवस्थामा केन्द्रीत म्यूजिक भिडियो निर्माण गरेवापत पवन जोशी र सुरेन्द्र तुलाधरलाई सम्मान गरिएको छ । साथै, बालकलाकार विधामा अन्य प्रतिस्पर्धी नभएकै कारण बाल कलाकार नस्वाः जोशीले अवार्ड पाप्त गरेका छन् ।
उक्त समारोहमा उत्कृष्ट महिला गायन दीपा महर्जन, उत्कृष्ट पुरुष गायन सानुबाबु महर्जन, उत्कृष्ट संगीतकार जुगल डंगोल, उत्कृष्ट संगीत संयोजक भूपेन्द्र बज्राचार्यले जितेका छन् । त्यस्तै, उत्कृष्ट रचनाकार नातिबज्र बज्राचार्य, उत्कष्ट युगल गायन रत्नशोभा महर्जन र शिवराज जोशी, उत्कष्ट नव प्रतिभा गायक विरज महर्जन, उत्कृष्ट गीति संग्रह ऋतुलसं पिज्वःगु सः एल्बमका लागि पूर्णकाजी ज्यापुलाई प्रदान गरिएको छ ।
म्यूजिक भिडियोतर्फ उत्कष्ट मोडल महिलातर्फ रजनी खड्गी र पुरुषतर्फ सुरज ब्यञ्जनकार, उत्कृष्ट कोरियोग्राफर सुनीता राजभण्डारी, म्यूजिक भिडियो निर्देशक राजन शाही, उत्कृष्ट क्यामेरापर्सन शैलेस डंगोल, उत्कृष्ट सम्पादन बालकृष्ण वंशी, उत्कृष्ट म्यूजिक भिडियो ‘मुसुमुसु न्हिला’ले अवार्ड प्राप्त गरेका छन् ।
त्यसैगरी, चलचित्रतर्फ उत्कृष्ट कलाकार पुरुषतर्फ चलचित्र ‘तिन तिकः महाविकः’का नायक रुपेन थक्वा, र महिलातर्फ ‘मू मदुगु जिन्दगी’की नायिका भिन्तुना जोशी भएका छन् ।
उत्कृष्ट नव कलाकार पुरुषतर्फ चलचित्र ‘तिन तिकः महाविकः’बाट योगेन श्रेष्ठ र महिलातर्फ निक्की महर्जन भएका छन् । उत्कृष्ट कलाकार सह–भूमिकामा पुरुषतर्फ चलचित्र ‘तिमिला’बाट श्याम सुन्दर शिल्पकार र महिलातर्फ चलचित्र ‘थ्व ला ग्यानापु स्टाइल’बाट रोजिना सुवाल भएका छन् ।
त्यस्तै, उत्कृष्ट कलाकार खलनायकको भूमिकामा चलचित्र ‘थ्व ला ग्यानापु स्टाइल’बाट मानकृष्ण वावा, उत्कृष्ट हास्य कलाकार चलचित्र ‘तुयुमति’बाट सविन शाक्यले भएका छन् भने उत्कृष्ट ‘स्क्रीनप्ले’ चलचित्र ‘अंश’बाट सुरेन्द्र तुलाधर, उत्कृष्ट संवाद चलचित्र ‘तुयुमति’बाट आर्यम नकःमि, उत्कष्ट चलचित्र सम्पादन र क्यामरापर्सन ‘तिन तिकः महाविकः’ चलचित्रबाट सोहन मानन्धर भएका छन् ।
उत्कृष्ट द्नन्द निर्देशक ‘अंश’बाट राजेन्द्र खड्गी, ओरिजिनल साउन्ड ट्रयाक चलचित्र ‘तिनतिकः महाविकः’ले जितेको छ ।
त्यस्तै, उत्कृष्ट कोरियोग्राफी ‘म्हुतुसिया लाली’ गीतबाट भूवन श्रेष्ठ, उत्कृष्ट चलचित्र निर्देशन ‘तुयुमति’बाट निर्देशक आर्यम नकःमिले अवार्ड प्राप्त गरका छन् । कार्यक्रममा उत्कृष्ट चलचित्र बन्न ‘तिनतिकः महाविक’ सफल भएको छ ।
राष्ट्रिय नाचघरमा सम्पन्न ‘पेजथ्री अवार्ड’ ३ बर्षमा एकपल्ट आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्