१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


वीरगन्ज महानगरमा समाजवादी फोरमकै अग्रता, कलैयामा एमाले अगाडि


0
Shares

अहिलेसम्म संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले १५६३५ मत प्राप्त गरेका छन्  भने कांग्रेस उम्मेदवार अजय द्विवेदीले १४२५७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ९५८२ मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म एमालेका उम्मेदवारले १० हजार ६ सय ३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवारले १० हजार ५ सय ६१ र संघीय समाजवादी फोरमका उम्मेदवारले ९ हजार २ सय ७३ मत पाएका छन् ।

राजविराज नगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

राजपाले २०२० मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका उम्मेदवारले १७११ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १७०१ मत प्राप्त गरेका छन् ।