काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ । डब्लुएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको प्रयास असफल भएको टिप्पणी गर्नुभयो । उहाँले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले…