-दुर्गा उपाध्याय/ईमेज कञ्चनपुर । कञ्चनपुरको बनहरा शिविरका सुकुम्बासी जोखिमपूर्ण अवस्थामा बस्दै आएका छन् । बनहरा नदीको कटानका कारण सुकुम्बासी वस्ती जोखिममा परेको हो । नदी कटान नियन्त्रण गर्न पहल नभएपछि आफूहरुको ज्यान जोखिममा परेको उनीहरुको गुनासो छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बनहरा नदीस्थित राजमार्ग छेउको सुकुम्बासी बस्तीका १५ परिवार २०५२ सालदेखि अस्थायी रुपमा बसोबास गर्दैै…