-कविराज घिमिरे/ईमेज धनकुटा । पहिरोको उच्च जोखिमका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ को मजुवा गाउँ त्रसित बनेको छ । पहिरोले जमिन चिराचिरा पर्न थालेपछि स्थानीय ढुक्कसँग निदाउन पनि छाडेका छन् । जमिन धाँजा फाटिसके पनि धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित मजुवाका स्थानीय जोखिम मोलेर बस्न बाध्य छन् । गाउँका २७ घरपरिवारमध्ये १३ परिवारको घर पहिरोको उच्च जोखिममा छ…