काठमाडौं । ललितपुरको नख्खु कारागारमा दुई बन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा घाइते भएका पूर्णबहादुर राजीको उपचाका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोले ब्लकले प्रहार गर्दा राजीको मृत्यु भएको…