नुवाकोट, साउन २० । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माण भइरहेको छ । चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबार तथा वरिपरीका सम्पदा पुनर्निर्माण थालेको हो । नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण…