काठमाडौं, असार १२ । नेपालको जनसंख्या औपचारिक रुपमा तीन करोड नाघेको छ । यद्यपि, बोलीचालीका रुपमा केही वर्षदेखि नै हामीले नेपालको जनसंख्या तीन करोड पुगेको बताइरहेका थियौं । केन्द्रीय तथ्यांक विभागका अनुसार आज (शुक्रबार) बल्ल नेपालको जनसंख्या तीन करोड पुगेको हो । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीले शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको…