काठमाडौं । सात वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने सचिवालय बैठकको निर्णयप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताले आपत्ति जनाएका छन् । नेकपा सचिवालयको हिजोको बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने निष्कर्ष निकालेको थियो । पार्टी सचिवालयको निर्णय मधेसी जनताको भावनाविपरीत रहेको भन्दै पार्टी केन्द्रीय सदस्य तथा प्रदेश–२ अध्यक्ष प्रभु साहले पुनर्विचार गर्न…