काठमाडौं, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञानलेमात्रै विकासलाई सुनिश्चित गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग भेट गर्न शनिबार बालुवाटार पुगेका गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीसँग प्रधानमन्त्री दाहालले गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्ने बताए । ‘विज्ञानलेमात्रै विकासलाई सुनिश्चित गर्नसक्छ । गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्छ’–प्रधानमन्त्री दाहालले भने ।…