Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


एमाले नेता कृष्ण थापाको निधन


689
Shares

काठमाडौं ।
एमाले केन्द्रिय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

कास्की जिल्ला कमिटिको बैठकमा बोल्दाबोल्दै ह्दयघात भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा लगिएकोमा थापाको निधन भएको हो । थापा पोखरा महानगरपालिकाका पूर्व मेयर समेत हुनुहुन्थ्यो ।

त्यस्तै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले शुरुमा उम्मेदवारको टिकट दिएकोमा पछि फिर्ता गराएको थियो ।