काठमाडौं । नेकपा(एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरुले नै गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरुले नै गर्नुपर्ने बताउनुभएको हो । उहाँले सिआइबिलाई छानविन गर्न दिइनु ठिक भएको बताउनुभयो ।
सांसद शाहले राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले सरकारी संयन्त्रहरुलाई विश्वास गर्नुपर्ने बताउनुभयो । सांसद शाहले हरेक अपराधहरुको अनुसन्धान आयोगबाट नै गर्ने हो भने राज्यका सम्बन्धित संयन्त्रहरुको कुनै काम नहुने बताउनुभयो । उहाँले अपराध अनुसन्धानमा संविधानले बनाएका संरचना र संयन्त्रहरुलाई परिचालित गर्नुपर्ने र तिनलाई बलियो बनाउनुपर्ने बताउनभयो ।
सांसद शाहले राज्यलाई बलियो बनाउनका लागि सरकारलाई बलियो बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।





प्रतिक्रिया दिनुहोस्