
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान्को मृत्यु भएकाले श्रीमतीबाट बिगोबराबरको रकम असुलउपर गर्नुपर्ने भन्दै मुद्दा दायर गरेको छ । अख्तियारले साढे ५ करोडको बिगो दाबी गर्दै भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहितका व्यक्तिविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिक लाभ दिलाएको भन्दै मुद्दा दायर गरेको हो । भीमदत्त नगरपालिकाले भवानी कन्ट्रक्सन प्रालिसँग गरेको सम्झौतामा ५ करोड ४३ लाख ३१ हजार ८ सय ७२ रुपैयाँ राजस्व रकम हानीनोक्सानी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
भट्टसहित तत्कालीन लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायब सुब्बा विष्णुदेव भट्ट, लेखापाल सहायक पाँचौं दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्