‘अपराधी’लाई प्रमुख अतिथि बनाएको भन्दै पीडितले रूँदै गरे कार्यक्रम बहिस्कार

news
फाइल तस्वीर ।

काठमाडौं, मंसिर २४ । राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई प्रमुख अतिथि देखेपछि पीडितले रूँदै कार्यक्रम बहिस्कार गरेका छन् ।

७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार ललितपुरस्थित आयोग परिसरमा आयोजित कार्यक्रममा तत्कालीन माओवादी नेता एवं गृहमन्त्री थापालाई प्रमुख अतिथि देखेपछि पीडितहरू रूँदै बाहिरिएका हुन् ।

माओवादीपीडित सावित्री श्रेष्ठले आयोगले थापालाई प्रमुख अतिथि बनाएको देखेपछि कार्यक्रम नै बहिस्कार गरेकी हुन् ।

श्रेष्ठले मुलुकमा हत्या र हिंसामार्फत् निरापराध नागरिक मार्ने कार्यमा संलग्न ठानिएका व्यक्तिलाई नै प्रमुख अतिथि बनाएकाले यस्तो कार्यक्रममा आफू बस्न नसक्ने बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...