कोहलपुरमा स्कूले विद्यार्थीको टाउकोमा जब गोली बर्सियो....

news

काठमाडौं । बाँकेको कोहलपुर आइतबार दिनभर तनावग्रस्त रहयो ।

बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

घटनापछि आक्रोशित भएका स्थानीय र विद्यार्थीले ट्रकमा आजगनी गरेका छन् भने आधा दर्जन अन्य गाडीसमेत तोडफोड गरे ।

यसक्रममा प्रहरीले गोली चलायो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ३० राउण्ड हवाइ फायर मात्र गरेन स्कूले विद्यार्थीलाई नै गोली हान्यो ।

झडपका क्रममा स्थानीय त्रिभुबन माबि कक्षा ९ मा अध्यनरत शुसील थापाको टाउकोमा गोली लाग्यो ।

गोली लागेपछि थापालाई उनका साथीहरुले मोटरसाइकलमा राखेर अस्पतालतर्फ दौडाए ।

टाउकोबाट रगत बगिरहेको र अस्पतालतर्फ दौडाइरहेको थापाको सोही भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

पत्रकार रविन्द्र सिंह ठकुरीले पोष्ट गरेको भिडियो र फेसबुक स्टाट्स एकाएक भाइरल बनेको हो ।

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...