पार्टी एकताका लागि प्रयास सकारात्मक रहेको नेपाल पक्षको निष्कर्ष « Image Khabar


पार्टी एकताका लागि प्रयास सकारात्मक रहेको नेपाल पक्षको निष्कर्ष


Border circle
Imagekhabar

काठमाडौं, साउन ११ । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

नेपाल पक्षीय नेताहरुको दुई दिने बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको ठहर गर्दै त्यसलाई टुंगोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो । बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको नेता रघुजी पन्तले बताउनुभयो ।

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिनु भयो । पार्टीलाई एकतावद्ध बनाउँदैै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उहाँले बताउनुभयो ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनस्र्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्