सर्लाहीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु « Image Khabar


सर्लाहीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


Border circle
Imagekhabar

सर्लाही, साउन ११ । सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–४, गणेश चोककी ६२ वर्षिया तेतरी खातुनलाई गएराति २ बजे जंगली हात्तीले आक्रमण गरेको थियो ।

खातुनको उपचारको क्रममा बिहान मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । यस्तै सर्लाहीको बागमती नगरपालिका–४ स्थित रेल्वे लिकनजिकै पहिचान नखुलेको एक पुरुष पनि हात्तीको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्