खेतमा नीलगाईको बास, बाली नष्ट भइसक्दा पनि वन कार्यालय उजुरीकै पर्खाइमा « Image Khabar


खेतमा नीलगाईको बास, बाली नष्ट भइसक्दा पनि वन कार्यालय उजुरीकै पर्खाइमा


Border circle
Imagekhabar

काठमाडौं । सुनसरीको दक्षिणी गाउँपालिका देवानगञ्जको वडा नम्बर ५ साहेबगञ्जका बासिन्दाका खेतबारीमा यतिखेर नीलगाईको एक हुलले बास बसेको छ ।

दर्जन बढीको संख्यामा जंंगलबाट निस्किएर गाउँ पसेका नीललगाईको हुल खेतहरूमा चर्दै गरेको भेटिन्छ । त्यतो त विगत २ वर्षयता यस क्षेत्रमा नीलगाई देखिन थालेको देवानगञ्जका स्थानीय महानन्द मेहता बताउनुहुन्छ । स्थानीय भाषामा नीलगाईलाई घोडगदहा भनिन चिनिन्छ ।

साहेबगञ्जको सो क्षेत्रमा १५ भन्दा बढी नीलगाईले आश्रय लिएका छन् । प्रायजसो रातको समयमा निस्कने नीलगाईको समूहले बालीनालीमा क्षति पु¥याएका छन् । यद्यपि स्थानीयले भने सामान्य लखेट्नबाहेक कसैले पनि कुटपिट नगरेको स्थानीय रञ्जित पासवान बताउनुहुन्छ ।

नीलगाई नेपाल लगायतका एसियाली राष्ट्रहरूमा पाइने ठूलो प्रजातिको मृग हो । यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा छोटा र घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुन्छ । यसलाई घोडगधा, नीलगाई लिलीगाई र ब्लु बुलको नामले पनि चिनिन्छ ।

नीलगाईको समूहले किसानको खेतीबालीमा क्षति पु¥याइरहेको विषयमा उजुरी आए अवस्था अनुसार निर्णय लिइने जिल्ला वन कार्यालयको हरिनगरा सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजेन्द्र प्रसाद यादव बताउनुहुन्छ ।

जंगलक्षेत्र अतिक्रमण भएर मानव बस्तीको बिस्तार हुँदै जाँदा जनावरहरू आहारको खोजीगर्दै मानव बस्ती प्रवेश गरिरहेको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्