अर्थमन्त्री शर्मालाई विनोद चौधरीको सुझाव « Image Khabar


अर्थमन्त्री शर्मालाई विनोद चौधरीको सुझाव


Border circle
Imagekhabar

काठमाडौं, साउन ११ । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले देशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्तिलाई पलायन हुनबाट रोक्न अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको छ ।

अर्थमन्त्री शर्मासँगको भेटमा समितिका संयोजक विनोद चौधरीले विद्यमान जनस्वास्थ्य र आर्थिक संकटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुगेको भन्दै आम जनताको आयआर्जनको सुनिश्चितताका लागि ठोस कार्यक्रम ल्याउन माग गर्नुभयो ।

उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत् प्रत्येकबाट कम्तीमा १० वटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था लागू गर्न सके ६० हजार युवालाई उद्यमी बनाउन सकिने सुझाव समेत दिएको छ ।

यस्तै एउटा उद्यममा न्यूनतम ३ जनामात्र रोजगार भएको खण्डमा पनि वार्षिक झण्डै २ लाख रोजगारी सिर्जना हुने समितिको दाबी छ । भेटमा अर्थमन्त्री शर्माले उपयुक्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । समितिका संयोजक विनोद चौधरी तथा सहसंयोजक अनिल रूंगटा लगायतका पदाधिकारीले अर्थमन्त्री शर्मासँग यसअघि लोडसेडिङ निवारणमा जस्तै उदाहरणीय कार्यको अपेक्षा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्