संग्रौलालाई धम्की नदिएको महेश बस्नेतको स्पष्टिकरण, भन्छन्– ‘बाजेले फेरि गफ दिएछन्’ « Image Khabar


संग्रौलालाई धम्की नदिएको महेश बस्नेतको स्पष्टिकरण, भन्छन्– ‘बाजेले फेरि गफ दिएछन्’


Border circle
Imagekhabar

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूले नागरिक अगुवा खगेन्द्र संग्रौलालाई धम्की नदिएको स्पष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।’

बस्नेतले आफू भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे भएको स्पष्ट पार्दै धम्काउने र थर्काउने आफ्नो शैली नभएको बताउनुभयो । ‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमाण्ड घोषण सभामा मैले बोलेको बिषय छ,’ उहाँले अगाडि लेख्नुभएको छ, ‘न खगेन्द्र बाजेलाई धम्की दिएको छ, न माधव नेपाल कमरेडलाई थर्काएको छ, न त्यसो गर्न आवस्यक नै छ।’

बस्नेतले युथ फोर्सले पृथ्वीनारायण शाहको दिव्य उपदेश पछ्याएको बताउँदै आफ्नो लक्ष्यमा बाधा अड्चन आइपरे मात्र हटाउने चेतावनी दिनुभयो । ‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्षमा हिँड्नेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ।’

एमालेको पंक्ति र जनतासंग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवस्यक नभएको उहाँको तर्क छ। संग्रौलाले महेश बस्नेतले साइबर सेना लगाएर आफूलाई तह लगाउने प्रत्यक्ष धम्की दिएको उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्