साना किसान सहकारीलाई पौने तीन करोडको कृषि यन्त्र हस्तान्तरण « Image Khabar


साना किसान सहकारीलाई पौने तीन करोडको कृषि यन्त्र हस्तान्तरण


Border circle
Imagekhabar

सर्लाही, साउन ११ । सर्लाहीको बागमती नगरपालिकालाई पौने तीन करोडको कृषि यन्त्र हस्तान्तरण गरिएको छ ।

बागमती नगरपालिका– १० शंकरपुरमा रहेको साना किसान सहकारी संस्था लि. लाई प्रदेश सरकार कृषि विकास निर्देशनालय क्षेत्रीय कार्यालय धनुषाको समन्वयमा २ करोड ७० लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको हाे ।

२ कराेड ७० लाखमध्ये १ करोड ४० लाख रुपैयाँ अनुदानमा प्राप्त भएको साना किसान सहकारी संस्था शंकरपुरले जनाएको छ । बाँकी १ करोड २९ लाख रुपैयाँ संस्थाको लागत रहेको साना किसान सहकारी संस्थाका अध्यक्ष कमल कुमारी पोखरेलले जानकारी दिनुभयो ।

कृषि सामग्रीहरूमा ट्रयाक्टर, पावर टेलर, मिनि टेलर, मकै रोप्ने, बोरा सिउने, धानको बिउ राख्ने तथा रोप्ने मेसिनलगायतका कृषि सामग्री हस्तान्तरण गरिएको साना किसान सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्