अब चितवनमै कम्पनी दर्तादेखि खारेजीसम्मको सुविधा « Image Khabar


अब चितवनमै कम्पनी दर्तादेखि खारेजीसम्मको सुविधा


Border circle
Imagekhabar

चितवन । नयाँ कम्पनी दर्तादेखि खारेजीसम्मका काम गर्ने गरी चितवनमा ग्राफिक मार्ग प्रालिको स्थापना भएको छ ।

२०७५ फागुन २७ गतेदेखि दर्ता भएर कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त गरेको कम्पनीका प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो । २०७५ देखि सेवा दिइरहे पनि देशभरका कम्पनी दर्ता र खारेजीको अधिकार भने यही अषाढ १४ गतेदेखि प्राप्त भएको खड्काले बताउनुभयो ।

भरतपुर– ११ चितवनमा मुख्य कार्यालय रहेको कम्पनीले देशभर ५ वटा सम्पर्क कार्यालयबाट सेवा प्रदान गरिएको सञ्चालक इन्द्र पौडेलले जानकारी दिनुभयो । साथै कार्यालयले चाडपर्वहरूलाई मध्यनजर गर्दै साउन ९ गतेदेखि कार्तिक ९ गतेसम्म दर्ता हुने कम्पनीहरूको सेवा शुल्क ७ हजार ९ सय ९९ रुपैयाँ मात्र लिने भएको छ ।

यस आर्थिक वर्षमा २ सय ४० वटा नयाँ कम्पनी दर्ता र २ सय ७५ वटा पुराना कम्पनीहरूको काम गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्