अर्घाखाँचीमा ८० जनाले गरे आत्महत्या « Image Khabar


अर्घाखाँचीमा ८० जनाले गरे आत्महत्या


Border circle
Imagekhabar

अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक वर्ष २०७७/०७८ मा ८० जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये १२ जना गरिबीका कारण, ९ जना प्रेम सम्बन्धका र अन्यले मानसिक तनाव, घरेलु हिंसा लगायतका कारणले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आत्महत्याका घटनाहरु बढ्दै गएपछि स्थानीय तह तथा विद्यालयहरुमा सचेतना कार्यक्रम गर्ने तयारी गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्