नवलपुरमा अपराधिक घटनाहरु बढ्दो « Image Khabar


नवलपुरमा अपराधिक घटनाहरु बढ्दो


Border circle
Imagekhabar

नवलपुर । नवलपुर जिल्लामा अपराधका घटनाहरुमा कमी आउन सकेको छैन । जिल्लामा गम्भिर प्रकृतीका घटनाहरु न्युनिकरण हुन नसकेको हो ।

गत वर्षको तुलनामा यो वर्ष अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीको तथ्यांकअनुुसार जिल्लामा सबै भन्दा बढी लागु पदार्थ ओसारपसार तथा महिला र बालबालिका सम्बन्धि घटना बढेको हो ।

त्यस्तै ज्यान मार्ने उद्योग अन्तर्गत गत आर्थिक वर्ष पाचँवटा मुद्दा मात्र रहेकोमा यो वर्ष बढेर दश वटा पुगेको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्