जो पनि डाक्टर ! « Image Khabar


जो पनि डाक्टर !


Border circle
Imagekhabar

काठमाडौं । चितवनको राप्ती नगरपालिका १२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ । बिरामी त्यति नजाने भएकाले सुनसान प्राय हुन्छ ।

तर, त्यही स्वाीथ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ । मेडिकलमा बिहिबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए । उनी भनिरहेका थिए, ‘ छाती हःका खराब छ, यो एन्टिबायोटिक हो । यहाँसम्म पानी हालेर हल्लाएर खुवाउन ठीक हुन्छ ।’

बिरामीका आफन्त उनलाई डाक्टर ठानिरहेका थिए तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन् । बिरामी र उनीहरुका आफन्त कार्यालय तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए । तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे ।

तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधी पनि दिने रहेछन् । यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो । मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम गरेँ । त्यहाँ सरहरुले सिकाएर बिरामी जाँच्न जानेको हुँ । मैले जाँचेर धेरैलाई ठीक बनाएको छु ।’

अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्