सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ « Image Khabar


सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ


Border circle
Imagekhabar

काठमाडौं, साउन १० । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो ।

शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्