एडीबीको लक्ष्यअनुसार विकास परियोजनामा प्रगति भएन

news

काठमाडौं, मंसिर ४ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा देशका विभिन्न भागमा सन्चालित विकास निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेका पाइएको छ ।

एडीबीको ऋण सहयोगमा सन्चालित आयोजनाको समीक्षा बैठकमा सन् २०१९ का लागि निर्धारण गरिएका लक्ष्य पूरा हुन नसकेका विवरण प्रस्तुत भएका हुन् ।

एडीबीका आयोजनाको ५४ प्रतिशतमात्र ठेक्का लागेको र ५५ प्रतिशत रकम निकासा भएको तथ्यांक छ ।

बैठकका सहअध्यक्ष अर्थसचिव शिशिर ढुंगानाले यसले आफूहरु कतै चुकेको प्रतिविम्बित भएको भन्दै सबैपक्ष मिलेर लक्ष्य हासिलका व्यवधान हटाउन आग्रह गरे ।

परियोजना कार्यान्वयन गर्ने सबै निकायलाई इमानदारीपूर्वक आफ्नो उत्तरदायित्व निर्वाह गर्न आह्वान गर्दै उनले परियोजनासँग सम्बन्धित कामलाई द्रुतगतिमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकका अर्का सहअध्यक्ष एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले विगतका अनुभव र अवरोधबाट पाठ सिक्दै निर्धारित् वार्षिक लक्ष्य हासिल गर्ने दिशामा दत्तचित्त भएर लाग्नुको विकल्प नरहेको बताएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...