‘कालापानी क्षेत्र नेपाली भूमि’, सीमारक्षाका लागि प्रदर्शन गर्नेलाई पक्राउ नगर्न आदेश

news

काठमाडौं, मंसिर ४ । सर्वोच्च अदालतले भारतले विवादित बनाउन खोजेको दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भू–भाग नै भएको ठहर गरेको छ ।

बुधबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।

यस्तै, भारतले नयाँ नक्सामार्फत् नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गर्नेलाई पक्राउ नगर्न पनि सरकारलाई आदेश दिएको छ ।

सीमारक्षाको माग गर्दै प्रदर्शन गर्नु नागरिकको मौलिक हक भएको व्याख्या गर्दै प्रदर्शनकारीहरुलाई पक्राउ नगर्न आदेश दिएको हो ।

पक्राउ परेका विद्यार्थी टीकाप्रसाद कँडेल, बिर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र विजबहादुर घिसिङलाई रिहा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...