४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


पैतृक सम्पत्तिमा कर लगाउँदा अर्थतन्त्र ध्वस्त : सांसद् विनोद चौधरी


0
Shares

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले पैतृक सम्पत्तिमा कर लगाउँदा अर्थतन्त्र ध्वस्त हुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उद्योगी सांसद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडाको कर नीतिप्रति नै आपत्ति जनाएका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले पैतृक सम्पत्तिको हस्तान्तरणमा कर लगाउनेबारे छलफल भइरहेको बताउँदै आएका छन् । सांसद चौधरीले यो निर्णय कार्यान्वयन गर्दा अर्थतन्त्र ध्वस्त हुनका साथै पारिवारिक र सामाजिक क्षेत्रमा समेत विकृति आउने दाबी गरे ।

मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन सरकार पूर्णतः असफल हुँदै गएको टिप्पणी गर्दै उनले उसै पनि नेपाल सबैभन्दा बढी कर लगाउने देश रहेको र यस्ता निर्णयले मुलुकमा लगानीको वातावरण थप बिग्रनेतर्फ सचेत गराए ।